Madhes Khabar
स्थानिय

पटेर्वा सुगौली गाँउपालिकामा पनि सुकुम्वासीका लागि जग्गाको नापजाँच सुरु

वीरगन्ज,२०साउनःपर्साको पटेर्वा सुगौली गाँउपालिकामा पनि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गा उपलब्ध गराउनका लागि मंगलबारदेखि जग्गाको नाँपजाँच कार्य सुरु गरिएको छ ।

मंगलबार पटेर्वा सुगौली वडा नम्बर २ बेलवा टाडीमा आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष दिनेश चौधरी र भूमी समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जग्गा नापजाँचको कार्यको औपचारिक सुभारम्भ गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी आयोगका अध्यक्ष अहमदले आयोग सदैब भूहिनी समुदायको पक्षमा रहेको बताए । समाजिक दबाबको महत्वमा जोड दिँदै उनले भने,‘जबसम्म बच्चा रुदैन,तबसम्म आमाले दूध पनि खुवाउँदिनन्, त्यसैगरी हामी पनि अब हाम्रो भूमि अधिकारका लागि दबाबमूलक कार्यक्रम गर्न तयार हुनुपर्छ।” उनले भूमिहीन समुदायका मागलाई संस्थागत ढंगले अघि बढाउन आह्वान गरे।अहमदले जग्गाको नापी सुरु हुदाँ भूमिहीन जनताको बहुप्रतिक्षित भूमि अधिकारको ढोका खोल्ने विश्वास व्यक्त गरे।

गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो,प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता,वडा अध्यक्ष विजय गैरे, कार्यपालिका सदस्य सजिना रसाइली,नापी अधिकृत राजकुमार बि.क., आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्का लगायतकाको सहभागिता थियो ।

Related posts

पर्साकाे ठाेरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

MadhesKhabar

वीरगन्जको आइसिपीमा सुर्य नेपालले रोपेको विरुवा हुर्काएर इन्टरमोडेललाई हस्तान्तरण

MadhesKhabar

कलैयाकाे यातायात कार्यालयमै कार्यालय प्रमुख दास र खरिदार साहबीच कुटाकुट

MadhesKhabar

Leave a Comment