Madhes Khabar
स्थानिय हेडलाइन

सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फु जारी,सिमराको सबै उडान रद्ध

बारा,३मंसिरःबाराको सिमरामा स्थानीय प्रशासनले कर्फु लगाएको छ । जेनजी पुस्ताका युवाहरुको एक समुह र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुनुका साथै सिमरा विमानस्थलमा तोडफोडपनि भएपछि स्थिति भड्किन नदिन स्थानीय प्रशासनले सिमरामा कफ्र्यू लगाएको हो।

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कफ्र्यु आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले । उनका अनुसार, बुधबार दिउँसो १२ ः ३० बजेदेखि बेलुका ८ बजेसम्म तोकिएको स्थानमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला,जुलुस, प्रदर्शन,सभा ,बैठक,घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको हो । सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन कफ्र्यु जारी गरिएको प्रजिअ मिश्रले बताए ।

यसैगरी सिमरामा स्थिती तनावपूर्ण भएपछि काठमाडौंबाट सिमरा विमानस्थलका लागि हुने सबै उडानहरुपनि रद्ध गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

बुधबार बाराको परवानीपुरमा हुन लागेको नेकपा एमालेको मधेस जनजागरण सभालाई सम्बोधन गर्न एमाले महासचिव शंकर पोख्रेल, नेता महेश बस्नेत लगायतका नेताहरु आउने कार्यक्रम थियो । त्यो थाहापाएपछि सिमरामा जेनजी पुस्ताका केहि युवाहरु एमाले नेताहरुलाई रोक्न सिमरा विमानस्थलमा पुगेका थिए । त्यसैक्रममा उनिहरु र एमालेका कार्यकर्ताहरुबीच विवाद भइरहेका बेला जेनजी युवाहरुको अगुवाई गरिरहेका सम्राट उपाध्यायमाथि हातपात भएपछि आक्रोशीत जेनजी युवाहरुले सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । त्यसक्रममा आक्रोशित जेनजी पुस्ताका युवाहरुले विमानस्थलको गेट तोडफोड गरेर भित्र छिरेका थिए । उनिहरुलाई प्रहरीले निकालेको थियो ।

कर्फु लागेपनि सिमरामा अहिलेृपनि अवस्था तनावग्रस्त रहेको स्थानीय सुनिल गाँउलेले जानकारीले दिए ।

 

Related posts

वीरगन्ज लाइ व्यवस्थित शहर बनाउने निर्णय

MadhesKhabar

गढीमाई मन्दिर सञ्चालन समितिका पूर्व सचिव कुशवाहासहित १३ जुवाडे पक्राउ

MadhesKhabar

बारामा २५ लाख बढीको चाँदीका मुर्ती र गहनासहित दुई युवक पक्राउ

MadhesKhabar

Leave a Comment