Madhes Khabar
स्थानिय

वीरगन्ज लाइ व्यवस्थित शहर बनाउने निर्णय

मधेसखबर
वीरगन्ज,०२असार :वीरगन्जमा स्थापना गरिएका सामुदायिक सेवा केन्द्रहरुले वीरगन्ज शहरलाइ व्यवस्थित बनाउने निर्णय गर्दै यस बारे महानगरको ध्यानाकर्षण गराउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार बसेको सामुदायिक सेवा केन्द्र र सरोकारवालाहरुको बैठकले यो निर्णय गरेको हो । बैठकले वीरगन्ज महानगरको समुदायका विद्यमान समस्या सामधानका लागि आग्रह गर्दै वीरगन्ज महानगरपालिकाका मेयरलाइ ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।
शहरमा भइरहेको फोहोर, पार्किंग, अस्तव्यस्त ट्राफिक लगायतका विद्यमान समस्याहरुको बारेमा ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय भएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सर्राफले जानकारी दिए ।
यसका साथै विभिन्न सामाजिक संघ संस्था लगायतका सरोकारवालासँग सहकार्य गरेर बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने बारे पनि छलफल भएको सर्राफले बताए ।
सम्पुर्ण सामुदायिक सेवा केन्द्रहरुको सहभागीतामा त्रैमासिक बैठक बसी छलफल गर्ने निर्णय पनि बैठकले गरेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
बैठकमा प्रहरी निरीक्षक शोभनविक्रम राणा, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधान, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासुदेव सहनी लगायतको सहभागीता रहेको थियो ।

Related posts

पर्सा: उपभोक्ता समितिकाे बदमासीले ओरिया खाेलाकाे झाेलुंगे पुल चार वर्षदेखि अलपत्र

MadhesKhabar

महिलाकाे अधिकार सुनिश्चित गर्न म राजनीतिमा आएकी हु : डाक्टर गुप्ता

MadhesKhabar

पर्साको जमुनियाका आगलागी पिडित परिवारलाई प्रभु अस्पतालको सहयोग

MadhesKhabar

Leave a Comment