Madhes Khabar
स्थानिय

खेल्न भनेर घरबाट निस्किएका वीरगन्जको श्रीपुरका बालक दुई दिनदेखि बेपत्ता

वीरगन्ज,२३फाल्गुनःवीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका एक बालक दुईदिन देखि हराएका छन् । श्रीपुरका अब्बास हवारीका छोरा १३ बर्षिय शान अली मंगलबार दिउँसो देखि हराएका छन् ।

गंहुगोरो वर्णका शान मंगलबार दिउँसो २ बजेतिर खेल्न भनेर घरबाट निस्किएको र अहिलेसम्म परिवारजनाको सम्पर्कमा नआएको बुबा अब्बासले जानकारी दिए । टोलछिछमेक तथा आफन्त र नातागोता सबैतिर खोजी गर्दापनि शान फेला नपरेको भन्दै बुबा अब्बासले हराएका छोराको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदनपनि दिइसकेको बताए।

शानलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय वा उनको बु्बाको मोबाइल नम्बर ९८०२३४०५४२ मा सम्पर्क गरेर सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्साले सबैमा अनुरोध गरेको छ ।

Related posts

ठोरीको प्रहरी कार्यालय भवन वर्षाैदेखि जीर्ण, सुरक्षाकर्मीलाई सास्ती

MadhesKhabar

वीरगन्जकाे शोभा यात्रामा भएको हिंसाकाे घटनाकाे विरोधमा जनकपुरमा गृहमन्त्रीको पुतला दहन

MadhesKhabar

ठाकुरराम क्याम्पस : मतपेटिकाको शिलबन्दी नम्बर नमिलेपछि विवाद, मतगणना अवरुद्ध

MadhesKhabar

Leave a Comment