Madhes Khabar
स्थानिय हेडलाइन

गढीमाई मन्दिर सञ्चालन समितिका पूर्व सचिव कुशवाहासहित १३ जुवाडे पक्राउ

सांकेतिक तस्बिर ।

बारा,८भदौं :बाराको बरियारपुर जुवा तास खेल्दैै गरेको अअवस्थामा प्रहरीले १३ जनालार्ई पक्राउ गरेको छ । महागढीमाई नगरपालिका वडा नम्बर १ बरियापुरस्थित मोतीलाल प्रसाद कुशवाहाको घरमा शुक्रबार साँझ प्रहरीले छापाा मारेर जुवा खालबाट १३ जनालाई पक्राउ गरेको हो । उनिहरुको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामदपनि गरिएको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।घरमा जुवा खेलाउने र खेल्ने कुशवाहा गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका पूर्व सचिवपपनि हुन् ।

पक्राउ पर्नेहरुमा घरधनी ४० वर्षिय कुशवाहासंगै बरियारपुरकै ५६ वर्षिय राजेन्द्र साह कानु,४३ वर्षिय मनोज प्रसाद कुशवाहा, ५० वर्षिय बिनोद प्रसाद, ६० वर्षिय जतिकर हुसेन, ५३ वर्षिय मोतिलाल प्रसाद,४३ वर्षिय राजु प्रसाद कुशवाहा, ५० वर्षिय अच्छेलाल महतो, ५९ वर्षिय कस्तुरी साह, वडा नम्बर २ का ३८८ वर्षिय राजकिशोर प्रसाद कुशवाहा, त्यहीका ४१ वर्षिय जितेन्द्र तिवारी, सुवर्ण गाँउपालिका–२ का ४८ वर्षिय सुकदेव प्रसाद यादव र वडा नम्बर ८ का ३५ वर्षिय मुस्ताक खान पठान रहेका छन् ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर उनिहरु विरुद्ध आवश्यक कानूनी कारबाहीको प्रकृया अगाडि बढाईसकिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

Related posts

जिसस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यद्धारा शपथ ग्रहण

MadhesKhabar

पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

MadhesKhabar

सरकारकाे उपेक्षामा नारायणी रंगशाला

MadhesKhabar

Leave a Comment