Madhes Khabar
स्थानिय

वीरगन्जका पत्रकार जियालाल साहलाई धम्की दिनेहरुलाई कारबाही गर्न पत्रकार महासंघको माग

वीरगन्ज,१९पुसःनेपाल पत्रकार महासंघ पर्साले पत्रकार महासंघ पर्साका सदस्य तथा सिधा कुरा डटकमका संवाददाता जियलाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ ।

एमाले कार्यकर्ताले आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै आँफुलाई अभद्र व्यवहार गर्नुका साथै धम्कीपनि दिएको पत्रकार साहले जानकारी गराएपछि पत्रकार महासंघ पर्सा शाखाले शुक्रबार एक ज्ञिप्ति जारी गर्दै पत्रकार साहलाई धम्की दिनेहरुलाई कानूनी कारबाहीको दायारमा ल्याउन सम्बद्धपक्षसंग माग गरेको हो ।

पत्रकार महासंघ पर्साका सचिव विजय कुमार महतोले जारी गरेको विज्ञप्तिमा पत्रकार साहलाई समाचार लेखेकै कारण केहि व्याक्तिले सामाजिक सञ्जालमार्फत दिइरहेको मानसिक तनाव र दबाबप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सिधा कुरा अनलाइन पोर्टलमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौनीको औराहा पचगावामा पुस १४ गते आयोजित कार्यक्रममा ‘विवादीत पुष्ठभूमी’का व्याक्तिलाई पार्टीमा प्रवेश गराएको सम्बन्धि समाचार लेखेको बहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखरे धम्कीपूर्ण स्टाटस लेख्नु र लेख्न लगाउनु आपत्तिजनक रहेको महासंघले जनाएको छ ।

प्रकाशीत समाचार प्रति चित्त नबुझेको खण्डमा कानूनी उपचारको प्रकृया र विधि हुदाँहुदैंपनि सामाजिक सञ्जालमार्फत धम्की दिनु सञ्चारकर्मी र सञ्चारमाध्यप्रतिको बक्रदृष्टि रहेको भन्दै पत्रकार महासंघले त्यस्ता धम्की दिने र मानमर्दन गर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन पत्रकार महासंघले सम्बद्ध पक्षसंग माग गरेको छ ।

पत्रकार साहले आफूलाई फोन गरेर समेत धम्की दिइएको बताएका छन् । ’मेरो फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै जहाँ भेट्यो त्यही कालोमोसो दल्ने धम्की दिएका छन्’, साहले भने, ‘फोन गरेर समत यस्तो समाचार किन लेखेको भन्दै थर्काइरहेका छन् ।’
स्थानीय एमाले कार्यकर्ता बिरेन्द्र पटेल र निखिलराज गिरीले यस्तो धम्की दिएको पत्रकार साहले बताए छन् ।

Related posts

सक्रिय पत्रकार महिला पुरस्कार प्रेस युनियनकी केन्द्रिय सदस्य पौडेललाई प्रदान गरिने

MadhesKhabar

वीरगन्जमा कल सेन्टर खोलेर विदेशमा समेत अनलाइन ठगीको धन्दा चलाउने चिनियाँ गिरोह पक्राउ

MadhesKhabar

सखुवा प्रसौनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई पालिका अध्यक्ष यादवले गरे स्वागत

MadhesKhabar

Leave a Comment