Madhes Khabar
स्थानिय

सरकारी छाप र कागजपत्र किर्ते गरेकाे आरोपमा बाराका व्यवसायी पटेल पक्राउ

बारा,२०जेष्ठ:सरकारी कागजात किर्ते गरेको आरोपमा बाराबाट एकजना व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडा निवासी अनिल पटेल रहेका छन् ।आन्तरिक राजश्व कार्यालय सिमराको लेटरप्याड ,छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरीले पटेललाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

पक्राउ परेका पटेल हार्डवेयर पसल, पेट्रोल पम्प लगायत खोला ठेक्का लिएर गिट्टी ,बालुवा जस्ता नदीजन्य पदार्थ बिक्रि बितरण गर्दै आएका थिए ।राजश्व कार्यालयले बैँक खाताहरु राजश्व हिनामिना गरेको आरोपमा रोक्का गरेको अवस्थामा उनले राजश्व कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेर बैँकलाई फुकुवा गर्न पत्र लेखेका थिए ।

आन्तरिक राजश्व कार्यालयले उक्त बिषयमा जानकारी प्राप्त गरिसकेपछि ईलाका प्रहरी कार्यालय सिमरालाई कारबाहीको लागि पत्र लेखेको थियो । प्रहरीले पटेललाई गत बिहीबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक न्याैपानेले बताए ।पटेललाई प्रहरी हिरासतमा राखेर बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको उनले जानकारी दिए ।

Related posts

वीरगन्ज महानगरको पूर्वाधार विकास समितिको संयोजकमा मनोज यादव

MadhesKhabar

वीरगन्जका पत्रकार सर्राफ, खड्का र पटेल नगद पुरस्कार सहित सम्मानित

MadhesKhabar

वीरगन्जको लागि विशेष प्याकेज ल्याउन लागिपरेको छु : सांसद यादव

MadhesKhabar

Leave a Comment