Madhes Khabar
स्थानिय

सुनजस्तो देखिने धातुसहित बाराबाट २ जना पक्राउ

बारा,३माघ: बारामा सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित विकासशील चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखाकाे गोरखा नगरपालिका-१ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रुमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

बाराकाे चुरियामाईमा बस दुर्घटना हुदाँ ७ जनाकाे मृत्यु ,१९ जना घाइते

MadhesKhabar

महामारीमा संयमित भई सेवा प्रवाह गर्न वीरगन्ज महानगरका मेयर सिंहको निर्देशन

MadhesKhabar

बाराकाे मुसहर बस्तीमा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

MadhesKhabar

Leave a Comment