Madhes Khabar
राजनीति स्थानिय

सखुवापर्सौनी–१ मा एमाले उम्मेदवार रुपेश  कुमार पाण्डेयको  घरदैलो अभियान निरन्तर

वीरगन्ज ४,फागुन: पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवापर्सौनी गाउँपालिका वडा नम्बर–१ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार रुपेश कुमार पाण्डेयले घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।

वडा नम्बर–१ का दोहरी, औराहा, सखुवानी, सथवल र सिधपुर टोलहरूमा पुग्दै उम्मेदवार पाण्डेले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।

घरदैलोका क्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन मतदानमा सहभागी हुन मतदाताहरूसँग आग्रह गरेका छन्।

स्थानीयवासीले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना सुझाव तथा अपेक्षा राखेका थिए। उम्मेदवार पाण्डेले जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एमालेले क्षेत्र नम्बर–३ मा जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै चुनावी प्रचारलाई थप प्रभावकारी बनाइरहेको जनाएको छ।

Related posts

प्रधानमन्त्री प्रचण्डसंग सांसद यादव र मेयर सिंहको भेटघाट : वीरगन्जको विकासमा ध्यान दिन आग्रह

MadhesKhabar

रामचन्द्र पौडेल बने गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति : कामु प्रधानन्यायाधीश कार्कीबाट लिए शपथ

MadhesKhabar

टिकटक बनाउने क्रममा बाराको दुधौरा खोलामा हाम फालेका युवकको शव ६ दिनपछि भेटियो

MadhesKhabar

Leave a Comment