Madhes Khabar
शिक्षा

बारामा प्रश्नपत्र बाहिरएपछि केन्द्राध्यक्षसहित २ निरीक्षकलाई कारबाही

फाइल फाेटाे

बारा,१७चैत:बाराको आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसईईकाे पहिलो दिन शुक्रबार अंग्रेजी विषयको प्रश्नपत्र, परीक्षा सुरू भएको केही मिनेटभित्रै बाहिरिएपछि त्यहाँ केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जनालाई कारबाही गरिएको छ । साथै एक परीक्षार्थीलाई पनि निष्कासित गरिएको छ ।

परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश साहको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको भन्दै त्यसको अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारीसहित परीक्षा समन्वय सिमिति समितिको पुगेको टोलीले उनीहरूलाई कारबाही गरेको हो । व्यवस्थापनको कमिले प्रश्नपत्र बाहरिएको थियो । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको थियो ।

परीक्षा समन्य समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाकाअनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्षद्वय पदम चौधरी, विजय चौधरीलाई परीक्षा अवधिभरको जिम्मेवारीबाट हटाइएको छ । एक परीक्षार्थीलाई निष्कासन गरिएको छ । परीक्षा मर्यादित बनाउन तत्काल अर्का केन्द्राध्यक्ष नियुक्त गरिने उनले बताए । केन्द्राध्यक्षको कमजोरीले परीक्षा भद्रगोल भएपछि कारबाही गरिएको बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।साभार:कान्तिपुर

Related posts

पटेर्वासुगौलीका सबै सरकारी विद्यालयमा आवश्यक सेवासुविधा उपलब्ध गराउन नेविसंघको माग

MadhesKhabar

वीरगन्जका सबै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

MadhesKhabar

वीरगन्जमा अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिलबन्दी

MadhesKhabar

Leave a Comment