Madhes Khabar
शिक्षा हेडलाइन

बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे

बारा,१७चैत: बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसईईकाे अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो ।

परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईष) शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।साभार:कान्तिपुर

Related posts

विश्वप्रसीद्ध पञ्चवर्षीय गढीमाई मेलाका लागि मेयर यादवको अध्यक्षतामा मूल समिति गठन

MadhesKhabar

गढीमाई मेलामा ठेकेदारको ब्रम्हलुट :एउटा बल्ब बालेको १ दिनको शुल्क १ हजार रुपैयाँसम्म

MadhesKhabar

लाेसपाका केन्द्रीय उपाध्यक्ष एंव वीरगन्जका उपमेयर झासहित ५ सय बढी जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment