Madhes Khabar
शिक्षा हेडलाइन

बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे

बारा,१७चैत: बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसईईकाे अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो ।

परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईष) शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।साभार:कान्तिपुर

Related posts

वीगन्ज महानगरको अग्रसरतामा थप सिसिटिभी क्यामेरा जडान गरिदैं

MadhesKhabar

वीरगन्ज महानगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा बन्द, सिडिओ अफिसमै जानुपर्ने

MadhesKhabar

वीरगन्जका मन्दिर,गुम्बा,मस्जिद लगायतका धार्मिक केन्द्रमा हुदैं आएको आर्थिक हिनामिनाबारे खोजी सुरु

MadhesKhabar

Leave a Comment