Madhes Khabar
शिक्षा

रौतहटमा एसईईको प्रश्नपत्र आउट गरेर चिट चोराउने ३ जना पक्राउ

काठमाडौं,२०चैतः एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, रौतहटकै वृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धीरज साह छन् ।

उनीहरूले आज (शुक्रबार) नेपाली विषयको परीक्षामा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोप छ । उनीहरूमाथि इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान अघि बढाएको छ ।

 

 

 

Related posts

वीरगन्जको थारु छात्राबासमा ४५ लाखकाे लागतमा नयाँ भवन बन्दै

MadhesKhabar

शिक्षकहरुले सिडिओलाई चाबी बुझाएपछि बहुदरमाईका विद्यालय १० दिनदेखि बन्द

MadhesKhabar

गर्मी झन् बढेपछि वीरगन्जका विद्यालयहरु थप एक साताका लागि बन्द

MadhesKhabar

Leave a Comment