Madhes Khabar
शिक्षा हेडलाइन

गर्मी झन् बढेपछि वीरगन्जका विद्यालयहरु थप एक साताका लागि बन्द

वीरगन्ज, २६ जेष्ठ : दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरु थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाको कार्यालयले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते शुक्रबारसम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

तर योबिचमा गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि शुक्रबार एक सुचना जारी गरेर वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरु थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

तापक्रम घट्नुको सट्टा झन् बद्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले शुक्रबार जारी गरेको सुचनामा उल्लेखछ ।

पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो दुई सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४४ डिग्रि सेल्सियससम्म पुगेको छ । बिहीबार वीरगन्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो । शुक्रबार तापक्रम झन् बढेर ४४ डिग्रि सेल्सियस पुगेको छ ।

Related posts

वीरगन्जमा हिन्दुवादीहरुकाे प्रदर्शन, बजार बन्द,ठाँउ ठाँउमा झडप

MadhesKhabar

मिटरब्याजी पिडित आमाको वेदना : १४ लाखको ४४ लाख तिर्दा पनि छोरो जेलमा छ

MadhesKhabar

पचरौता नगरपालिकामा राजनीतिक खिचातानीले २ महिनामै प्रशासकीय अधिकृतको ३ पटक सरुवा

MadhesKhabar

Leave a Comment