Madhes Khabar
धर्म/संस्कृति

मुस्लिम समुदायको रमजान पर्व आजदेखि सुरु

फाइल फोटो

वीरगन्ज,१८फागुनःइस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आज (आइतबार)देखि सुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। बिहान लगभग ४ बजेबाट साँझ ६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ।

रोजा बस्नेले बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्छन्। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् को नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। मुसलमान समुदायमा यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहिआएको छ।

दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानान व्रत बस्न हिजो साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ।

व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गइ कुरानको केही भाग नमाजको रुपमा पढ्ने गर्छन्। एक महिनापछि व्रत समापनका अवसरमा इदुल फित्र मनाइन्छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन्। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन।

मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब–दुःखीको सेवा । एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित । त्यसैले रमजानलाई पवित्रता र पूण्यको पर्व मानिन्छ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो ।

रमजान महिनापछि आउने महिनालाई सब्बाब भनिन्छ । यसै सब्बाब महिनाको पहिलो दिन ईद अर्थात ईदउल फित्रका रूपमा मनाउने गरिन्छ ।

 

Related posts

वीरगन्जको सुगौलीविर्तामा गाईको बाच्छा काटेर खानेलाई कारबाही गर्न स्थानीयले प्रहरीमा दिए उजुरी

MadhesKhabar

आज विजयादशमी, नवदुर्गाकाे प्रसाद स्वरुप टीका र जमरा लगाइँदै

MadhesKhabar

आज वसन्त पञ्चमी,वीरगन्जमा पनि हर्षोल्लाशका साथ मनाइदैं सरस्वती पूजा

MadhesKhabar

Leave a Comment