Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतकाे महाराष्ट्रमा बसमा आगाे लाग्दा २५ यात्रुकाे मृत्यु

काठमाडौं,१६असार: भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटना भई आगाे लाग्दा २५ जनाकाे मृत्युु भएको छ ।

दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीलेको खबरमा उल्लेख छ । ३३ जना यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ गइरहेको थियो ।

गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो ।त्यस क्रममा बसकाे डिजेल ट्याङ्की फुटेर आगो लागेको थियाे।

केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकहरुको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।

महाराष्ट्रका मुख्यमन्त्रीले मृतकका परिवारहरूलाई जनहि पाँच-पांच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्।

Related posts

श्रीलङ्कामा संकटकाल घोषणा

MadhesKhabar

भारतको उत्तराखण्डमा बस दुर्घटना : कम्तिमा २२ जनाको मृत्यु,१५ घाइते

MadhesKhabar

कर्नाटकमा कांग्रेसको सरकार : सिद्धारमैयाले लिए मुख्यमन्त्रीको शपथ

MadhesKhabar

Leave a Comment