वीरगन्ज,१ भदौंःपर्साको पर्सागढी नगरपालिका–३ स्थित सबैया साझेदारी वन क्षेत्रबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेका दुई वटा ट्याक्टर र त्यसका चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेल्वा र सब–डिभिजन वन कार्यालय सबैयाको संयुक्त गस्ती टोलीले बालुवा लोड गर्दै गरेको अवस्थामा ना.६ त ३६२३२ र ना.६ त ६४२३ नम्बरका ट्याक्टरसहित दुई चालकलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टर र चालकहरूलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ।

