Madhes Khabar
अन्तर्राष्ट्रिय

चीनमा राजमार्ग भाँसिदा १९ जनाको मृत्यु

तस्बिर:एजेन्सी

काठमाडौं,१९बैशाखःचीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भाँसिदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।

मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ वटा सवारी साधनहरू फसेका थिए ।उक्त घटनामा १९ जना मानिसको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ ।

Related posts

भारतमा लोकसभाले गर्‍यो राहुल गान्धीलाई सांसद पदमा बहाल

MadhesKhabar

पाकिस्तानमा गोली हानेर २२ जनाको हत्या

MadhesKhabar

कश्मिरमा आतंककारीसंगको भीडन्तमा मारिए सेनाका कर्नेल, मेजर र प्रहरीका डिएसपी

MadhesKhabar

Leave a Comment