काठमाडौं,२२बैशाख:नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि घाेषणा गरिएको नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन्।
शनिबार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इण्डिज ‘ए’ विरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले उक्त प्रतिक्रिया दिएका हुन्।
बाराकाे कलैया निवासी साहले विश्वकपमा छनोट हुन पाउनु खुसीको क्षण रहेको बताए। टिममा नाम देख्ने बित्तिकै घर परिवारसँग खुसी साटेको पनि उनले उल्लेख गरे।
साथै सनहले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको प्रतिक्रिया दिए। उनले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गरेका थिए।
ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको अनुभव सुनाए। सुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रजमा बढी समय बताउन दिएको उनको भनाइ थियो।
शनिबार जितपछि ओपनर आसिफ सेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए।साभार:नागरिक

