वीरगन्ज,२९कात्तिकःपर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप–२०८२ को उपाधि जागृत युवा क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ को क्रिकेट टिमलाई ६ विकेटले पराजित गर्दै जागृत युवा क्लबले उपाधि उचालेकोे हो।
१०२२ रनको लक्ष्य जागृत युवा क्लबले १३.५ ओभरमा केवल ४ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर ६ को टिमले १८.५ ओभरमा अलआउट हुदैं १०१ रनमात्र बनाएको थियो।
फाइनल खेलको म्यान अफ द म्याच जागृत युवा क्लबका अनिल महरा घोषित भ एभने प्रतियोगिताकै बेस्ट ब्याट्सम्यान क्लबका सुजित पटेल, बेस्ट फिल्डर वडा नम्बर ६ का सन्दिप पटेल, बेस्ट बलर वडा नम्बर . २ का सहजाद देवान तथा म्यान अफ द सिरिज वडा नम्बर २ कै दिपु राउत घोषित भए।
प्रतियोगिताको समापन समारोहमा उपाधि विजेता जागृत युवा क्लबका खेलाडीलााई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ५१ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरे। यस्तै उपविजेता वडा नम्बर ६ को टिमलाई उपाध्यक्ष बबिता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले २५ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरे।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा तथा वीरगन्ज महानगरपालिका उप–मेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन समारोहमा जगरनाथपुर–५ का वडाध्यक्ष बिहारी महतो नुनिया, वडा नम्बर ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मी, गाँउपालिकाको कृषि शाखा प्रमुख दया चौहान लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक रूपनारायण प्रसाद साहले गरेका थिए ।

