वीरगन्ज,७मंसिरःवीरगन्जमा जारी वीरगन्ज सुपर लिग (बीएसएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको दोश्रो खेलमा साउथजोन स्टार्स विजयी भएको छ ।नारायणी क्रिकेट मैदानमा भएको खेलमा साउथजोन स्टार्सले अपन कालिकामाई क्रिकेट क्लबलाई ४७ रनको फराकिलो अन्तरले हराएको हो।
साउथजोन स्टार्सले दिएको १८१ रनको लक्ष्य पछ्याँउदै जवाफी ब्याटिंगमा उत्रिएको अपन कालिकामाईले २० ओभरमा ६ विकेट गुमाएर १३३ रनमात्रै बनाउन सक्यो । उसका लागि सेजाद मन्सुरीले ५८ रन र मन्जय महतोले २१ रन बनाए । बलिङ्तर्फ साउथजोन स्टार्सका बलर अब्सर हसनले ३ तथा हासिम अन्सारी र राहुल अन्सारीले समान एक एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले व्याटिंग गरेको साउथजोन स्टार्सले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८० रन बनाएको थियो । उसका लागि राकेश कमैतले ५१ रन तथा हासिम अन्सारीले ३६ रन जोडे ।यस्तै अरनिको यादवले पनि ३६ रन नै बनाए ।
बलिङ्तर्फ अपन कालिकामाईका बलर प्रिन्स पटेलले ४ र सेजाद मन्सुरीले १ विकेट लिएका थिए ।
वीरगन्ज युथ स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरबार, मधेस एलिट्स, रोयल वीरगन्ज ११ र अपन कालिकामाई गरी पाँच फ्रेन्चाइजी टिमले भाग लिएको प्रतियोगिताका संयोजक एंव पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीले जानकारी पदए ।फाइनल खेल मंसिर १३ गते हुनेछ ।

