मधेसखबर
वीरगन्ज ,२४ मंसिर : पर्साकाे कालिकामाई गाँउपालिकामा नेपाल विधार्थी संघकाे गाँउपालिका समिति विस्तार गरिएकाे छ ।
शनिबार कालिकामाई गाँउपालिका वडा नम्बर १ मुड्लीमा सम्पन्न नेविसंघको बैठकले राजेश कुशवाहाकै अध्यक्षतामा कार्य समिति विस्तार गरेकाे हाे । विस्तारित कार्यसमितिको उपाध्यक्षमा सुदिप चाैरसिया, सचिवमा विशाल कुशवाहा, सहसचिवमा आर्यन चाैहान रहेका छन् ।
बैठकमा नेविसंघका जिल्ला अध्यक्ष रमेश कुमार यादव, पुर्व जिल्ला उपाध्यक्ष वाल्मीकि यादव, काँग्रेसका गाँउपालिका सचिव रामानन्द ठाकुर, गाँउपालिका अध्यक्षका प्रत्याशी अजय कुर्मीका साथै नेविसंघका नेता कार्यकर्ताहरुकाे सहभागीता थियाे ।

