Madhes Khabar
समाचार

बाराका सशस्त्र प्रहरी हवल्दार यादवको शौचालयमा लडेर मृत्यु

सप्तरी,१४ वैशाखः सप्तरीको बोदेबर्साईन नगरपालिका–५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ ।

यादव आज बिहान करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।

मृतक यादवमा उच्चरक्तचापको समस्या रहेको सशस्त्र प्रहरीले जनाएको छ । मृतक यादव बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा हुन् ।साभारःअनलाइनखबर

Related posts

बाराकाे अमलेखगञ्जमा अफिमसहित पर्साका सराेज पक्राउ

MadhesKhabar

तस्करीको सामान बोकेको आशंकामा वीरगन्जबाट ट्रक र ट्याक्टर प्रहरी नियन्त्रणमा

MadhesKhabar

मौसम विभागले भन्यो : एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

MadhesKhabar

Leave a Comment