वीरगन्ज,२७चैत:बारामा लागू पदार्थ अफिासहसिहत पर्साका एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ६ गम्हरियाका ३२ वर्षीय सराेज प्रसाद साह रहेका छन्।
हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेकाे प्र.२-०३-००९ प ३८७८ नम्बरको पल्सर माेटरसाइकललाई अमलेखगञ्जमा प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको प्रहरी टाेलीले राेकेर चेकजाँच गरेकोे थियाे।त्यसक्रममा साहले हाँकेकाे उक्त माेटरसाइकलबाट २ किलाे ९९ ग्राम अफिम बरामद भएको प्रहरी वरिष्ठ नायब निरीक्षक कार्कीले जानकारी दिए।
अफिम र माेटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

