Madhes Khabar
समाचार

मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

सांके्तिक फोटो

मधेसखबर
वीरगन्ज, १८ असोज :मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।

चितवनको कालिका नगरपालिका वडा नंबर ८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अष्टमी (सोमबार)को बेलुकी ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।साभारः अनलाइनखबर

Related posts

मधेसमा निर्माण गरिएका खानेपानीका ओभरहेड ट्यांकी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन

MadhesKhabar

समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै खानेपानीमन्त्री यादव सम्मानित

MadhesKhabar

विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट खानेपानी मन्त्रालय : मन्त्री यादव

MadhesKhabar

Leave a Comment