Madhes Khabar
समाचार

गाजा र ट्रक सहित दुइ जना पक्राउ

माधुरी महत्तो
वीरगन्ज , १८ बैशाख
:वीरगन्जमा प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा गाजा बरामद गरेको छ । प्रहरीले ट्रकका चालक र सहचालकलाइ पनि पक्राउ गरेको छ ।
मकवानपुरबाट पर्साको भेग तर्फ जादै गरेको ना.३ ख ६३८४ नम्बरको मिनी ट्रक , वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा स्थित लिटिल फलावर स्कुल नजिकै प्रहरीले रोकेर चेकजाच गरेको थियो ।
चेकजाँचका क्रममा उक्त मिनी ट्रकमा दुइ वटा बोरा भित्र लुकाएर राखिएको ६ पोकामा रहेको ५३ केजी गाजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
गाँजा र मिनी ट्रकसंगै चालक मकवानपुरको हेटौडा ११ का ४५ वर्षिय पूर्ण बहादुर मोक्तान र सहचालक हेटौडा ४ का राज भुलनलाइ पनि नियन्त्रणमा लिइएको खनालले बताए ।
खनालका अनुसार , मकवानपुरको ग्रामीण भेगबाट ल्याइएको गाजा , पर्साको ग्रामीण भेगका नाका हुदै भारत तस्करी गरेर लैजाने क्रममा प्रहरीले बरामद गरेको हो ।
गाजा र मिनी ट्रक सहित नियन्त्रणमा लिइएकाहरुलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए ।

Related posts

भारत तस्करी गर्न लागिएको १० लाखको मदिरा र कार बाराको मुसहर्वा नाकाबाट बरामद

MadhesKhabar

पर्सामा पर्ने नेपाल–भारत सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन सुरु

MadhesKhabar

भारतबाट तस्करी गरि पर्सामा ल्याइएको साढे ७ हजार चल्ला सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

Leave a Comment