Madhes Khabar
समाचार

वीरगन्जमा गठबन्धनका उम्मेदवारलाइ जिताउन अझ सशक्त भएर लाग्ने निर्णय

क्रान्ति शाह
वीरगन्ज, २१ बैशाख : सत्तागठबन्धका पाँच दलले वीरगन्ज महानगरमा गठबन्धनका साँझा उम्मेदवारलाइ जिताउन चुनावी अभियानलाइ अझ सशक्त र आक्रमक बनाउने निर्णय गरेको छ ।
सत्तागठबन्धनले वीरगन्ज महानगरमा मेयर र उपमेयर पदमा मात्र चुनावी तालमेल गरेको छ । मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा काँग्रसका इम्तियाज आलम उम्मेदवार छन् । महानगरका ३२ वटा वडामा भने गठबन्धनका दलहरुले आ आफना उम्मेदवार उठाएका छन् ।
बुधबार अपरान्ह वीरगन्जमा बसेको पाच दलीय सत्तागबठन्धनको बैठकले मेयर र उपमेयरका उम्मेदवारलाइ जिताउन ३२ वटै वडामा मेयर र उपमेयरको संयुक्त घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा सहभागी काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए ।
उनका अनुसार , सयुक्त घरदैलो कार्यक्रममा पाच वटै दलका जिल्ला स्तरका नेताहरु पनि सहभागी हुनेछन् ।
यस्तै बैठकले मेयर र उपमेयरका उम्मेदवारको पक्षमा मतदान गर्न गठनबन्धन दलका कार्यकर्ता र मतदाताहरुलाइ लक्षित गरि गठबन्धनले संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ ।
बैठकले गठबन्धनको पक्षमा थप माहौल सृजना गर्न यहि बैशाख २५ या २६ गते वीरगन्जमा पाच दलीय गठबन्धन दलहरुका शीर्ष नेताहरुको उपस्थितीमा आमसभा गर्न केन्द्रलाइ आग्रह गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी पर्साका सांसद एंव जसपाका केन्द्रिय सदस्य प्रदीप यादवले जानकारी दिए ।
पर्सामा पाच दलीय गठबन्धको जिल्ला संयन्त्रका संयोजक एंव काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा जसपा नेता एंव सांसद प्रदीप यादव , काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, काँग्रेस नेता श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सदस्य छोटेलाल यादव, पर्सा अध्यक्ष रामदरश कुशवाहा, जसपाका केन्द्रिय सदस्य जनार्दन यादव , नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा , त्यहि पार्टीका नेता चिरन्जिवी आचार्यको सहभागिता थियो ।

Related posts

बाराको पथलैयाबाट २१ लाख बढी मुल्यको तामाका भाँडावर्तन सहितको गाडी प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्ज भन्सार गेटमा एकैदिन पोके तस्करहरुबाट ६ लाख बढीको सामान बरामद

MadhesKhabar

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

MadhesKhabar

Leave a Comment