Madhes Khabar
समाचार

तस्करीको सामान बोकेको आशंकामा वीरगन्जबाट ट्रक र ट्याक्टर प्रहरी नियन्त्रणमा

वीरगन्ज,८फागुन : वीरगन्जमा प्रहरीले भन्सार छलेर ल्याइएकाो सामान लोड रहेको आशंकामा दुइ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंबर २५ सिर्सियाबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा ती दुवै ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए ।

बरामद गरिएको सामान सहितको ट्रक र ट्याक्टरको मुल्य अन्दाजी ९२ लाख ४८ हजार ८ सय २२ कायम गरिएको प्रहरीले जनाएको छ ।फागुन ५ गते नियन्त्रणमा लिएको सामान सहितको ट्रक र ट्याक्टर अनुसन्धान तथा कारबाहीका लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले जानकारी दिए ।

Related posts

वीरगन्ज नाकाबाट ६ लाख रुपैयाँसहित एक महिला पक्राउ 

MadhesKhabar

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

MadhesKhabar

रौतहटको सबगढा हिंसामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक शेख पक्राउ

MadhesKhabar

Leave a Comment