Madhes Khabar
समाचार

वीरगन्ज नाकाबाट ६ लाख रुपैयाँसहित एक महिला पक्राउ 

वीरगन्ज,२६चैत:भारतसंग सीमा जाेडिएकाे वीरगन्ज नाकाबाट सशस्त्र प्रहरीले श्राेत नखुलेकाे ६ लाख नेपाली रुपैयाँसहित एक महिलालाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ३७ बर्षिया मालतीदेवी साेनारिन् रहेकी छन् ।
साेमबार भारतकाे रक्साैफबाट पैदल वीरगन्ज आउँदै गरेकी साेनारिन्लाई वीरगन्ज १६ स्थित शंकराचार्य गेट नजिकै सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गरेकाे थियाे।त्यसक्रममा उनकाे साथबाट श्राेत खुलाउन नसकेकाे नेपाली १ हजार दरकाे नाेट ६ सय थान अर्थात ६ लाख रुपैयाँ बरामद भएकाे पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले बताए ।
महिलाको साथबाट बरामद रकम हुण्डीकाे काराेबारमा प्रयाेग गरिएको रकम रहेकाे सशस्त्र प्रहरीको आशंका छ।
रकमसहित नियन्त्रणमा लिइएकी साेनारिन्लाई आवश्यक कारबाहीका लागि साेमबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यले जानकारी दिए।

Related posts

वीरगन्ज कारागारमा बैंकिङ कसुर र चेक अनादर मुद्दाका ३५ कैदीबन्दी

MadhesKhabar

पर्सामा समातिएका मोटरसाइकलको स्वामित्व हक दाबी गर्न प्रहरीको सूचना

MadhesKhabar

वीरगन्जको कार्टुन उद्योगमा एक मजदुरको मृत्यु: घटना शंकास्पद रहेको परिवारजनको दाबी

MadhesKhabar

Leave a Comment