Madhes Khabar
समाचार हेडलाइन

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाराको कोल्हबी नगरपालिका–१ का २१ वर्षीय राहुल विक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन् ।

बाराको विभिन्न स्थानबाट चोरी भएका पाँच वटा मोटरसाइकल सहित उनिहरुलाई एकै गाँउबाट त्रफाउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक रन्जन मिश्रको नेतृत्वमा खटिएको टोलीले चोरी भएका मोटरसाईकलहरू खोज तलास गर्दै जाँदा ५ वटा मोटरसाईकलहरूसहित उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुबाट बरामद भएका मोटरसाइकलहरुमा प्र.२–०३–००६ प ६५१५ नमबरको होण्डा कम्म्पनिको साइन, ना. ४८ प ६९७० नंबरको टिभिएस ,बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर, ना. ६५ प. ८८६० नमबरको टिभिएस कम्पनीको रातो कालो रङको स्ट्राइकर र प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस कम्पनीको निलो रङकको स्ट्राइकर रहेको प्रहरीले जनाएको छ ।

 

Related posts

काँग्रेस उम्मेद्वार कुर्मी भन्छन् : वीरगन्जका काेहि पनि मुख्यमन्त्रीसंग सन्तुष्ट छैनन्, उल्टै भ्रष्टाचार गरेर मधेसलाई बदनाम गराए

MadhesKhabar

केटासंग छुट्याएर घर ल्याइएकी युवतीको शव जंगलमा जलाइएको अवस्थामा बरामद

MadhesKhabar

महानगरको आयोजनामा वीरगन्जमापनि मनाइयो राष्ट्रिय बाल दिवस (फोटो फिचर)

MadhesKhabar

Leave a Comment