Madhes Khabar
समाचार हेडलाइन

रौतहटको सबगढा हिंसामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक शेख पक्राउ

रौतहट,९फागुनःरौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।गौर नगरपालिका वडा नंबर ६ सवगढामा गत बिहीबारदेखि सुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो ।पक्राउ परेका उनी जनमत पार्टीका जिल्ला संयोजक हुन् भने त्यही वडाका पूर्व वडाध्यक्ष पनि हुन् ।

बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि भएको विवादले हिंसात्मक रुप लिएको थियो । हिजो शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो ।
तर आज शनिबार बिहानबाटै पुनः सवगढामै दुई पक्षबीच झडप भएको छ । अहिले त्यसक्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यू समेत लगाएको छ ।

सवगढा घटनामा शेख जमसेदको संलग्नताका केही प्रमाण समेत फेला पारेको प्रहरी स्रोतको दाबी छ ।प्रहरीले जमसेदलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा लगेको छ ।

 

Related posts

वीरगन्जबाट केपी ओलीको गर्जन : कांग्रेस सहमतिमा नआएपनि नीति,कार्यक्रम र बजेट पास हुन्छ

MadhesKhabar

भारतबाट पंक्षीजन्य वस्तुहरु भित्रिन नदिन पर्साका सुरक्षा प्रमुखहरुले नियमित अनुगमन गर्ने

MadhesKhabar

महाकुम्भ मेलामा भएको भागदौडमा पर्साकी पनि एक महिला सम्पर्कविहीन

MadhesKhabar

Leave a Comment