वीरगन्ज,१८फागुनःभारतीय सीमा नाका वाट अवैध रूपमा भित्रने पोल्ट्रीजन्य बस्तुहरु अण्डा, चल्ला, कुखुरा , तयारी मासु नियन्त्रणका लागि नेपाल लेयर्स कुखुरापालक संघले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।संघका अध्यक्ष विनोद पोखरेलले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आइतबार उनकै कार्यकक्षमा भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी अर्यालको निर्देशनमा बसेको बैठकले सोमबारदेखि नै सीमानाकमा अनुगमन गर्ने निर्णय गरेको छ । पशु सेवा बिभाग र भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुखको संयोजकत्वमा र्यापिड एक्सन टिम गठन गरेर अनुगमन गर्ने निर्णय गरिएको हो ।
उक्त टिममा नेपाल लेयर्स कुखुरापालक संघको तर्फबाट अध्यक्ष बिनोद पोखरेल, वीरगन्ज उद्योग वाणिज्य सघका कोषाध्यक्ष, पर्साका शसस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी उपरीक्षक गौतम मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी रहने र उक्त टिमले नियमित रूपमा अनुगमन गर्ने निर्णय गरिएको हो ।

