Madhes Khabar
समाचार

वरिष्ठ सई राणा बाराकाे उत्कृष्ट प्रहरी घाेषित

बारा,८असार: जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले राणालाई वर्षकाे उत्कृष्ट प्रहरी घाेषित गरेकाे हाे।

आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले निर्वाह गर्नुका साथै कार्यालय मातहातका क्षेत्रहरुमा कुनै पनि अप्रिय घटनाको सुक्षम रुपमा अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरी नीति निर्देशनलाई पूर्ण अनुशासनका साथ पालना गरेकाले राणालाई शुक्रबार उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगेटीले जनाएका छन् ।

सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पन्न गरी दिइएको जिम्मेवारी उत्कृष्ट रुपमा सम्पादन गरेकाले वरिष्ठ सई राणाको कदर स्वरुप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव परी कार्य दक्षतामा अझ बढी प्रभावकारीता आउने विश्वास लिइएको प्रहरी उपरीक्षक बोगेटीले बताए।

Related posts

धादिङको बेनिघाटमा यात्रुबस दुर्घटना, १७ जनाको मृत्यु,मृतकको संख्या बढ्न सक्ने अनुमान

MadhesKhabar

हतियार सहित तीन जना भारतीय युवक पक्राउ

MadhesKhabar

पर्सा :जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ 

MadhesKhabar

Leave a Comment