Madhes Khabar
समाचार

नयाँ पाइपलाईन बिच्छाइएका ठाउँमा चाडै मेलम्चीको पानी वितरण गर्छौःमन्त्री यादव

काठमाडौं,२१पुस : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाईनहरु बिच्छाइएका ठाउँहरुमा चाडै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताएका छन् ।आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री यादवले काठमाडौंका अधिकांश ठाउँमा खानेपानीका नयाँ पाइपलाईन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाडै नै ती पाइपलाईनबाट मेलम्चीको शुद्ध पानी वितरण गरिने बताए ।

उनले भने, “नयाँ पाइप लाईन बितारको कार्य करिब करिब सकिएर अहिले परिक्षणको काम हुँदै छ, केही दिन धैर्य गर्नुस्, नयाँ पाइप लाईन बिस्तार भइरहेका ठाउँमा म आफै अनुगमनका लागि खटिदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइप लार्ईनबाट मेलम्चीको पानी पठाउने छौं ।”

मन्त्री यादवले एक महिला भित्र काठमाडौँ उपत्यका भित्रका जहाँ जहाँ नयाँ पाइप लाईन बिस्तार गरिएको छ त्यस क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने दाबी समेत गरे ।उनले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाईनबाट पानी चुहावट हुने काम तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन समेत दिएको जानकारी गराए ।उनले भने, “पानी चुहावट भएर खेर गइरहेका ठाउँमा तत्काल मर्मत गर्न निर्देशन दिएका छौँ । अहिले पानी चुहावट रोक्न कर्मचारी खटिएका छन् । केही दिन भित्र त्यो समस्या पनि समाधान हुनेछ ।”

मन्त्री यादवले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइपहरु भत्काइएका र फुटाइएका भएपनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा काठमाडौँ उपत्यकामा खानेपानी बितरण प्रक्रियाँमा निकै कठिनाई उत्पन्न भएको गुनासो गरे ।उनले भने, “पाइप फुट्दा पानी सप्लाई गर्न सकिदैन । जनताले हामीलाई गाली गर्छन । हामीले सडक भत्काउदा मर्मत गर्छौँ । हाम्रा फुटाएका पाइप कसले मर्मत गरिदिने ?।”

काठमाडौँको नारायणगोपाल चोकमा नयाँ पाइप लाईन बिस्तारका लागि आवश्यक गृहकार्य सुरु भएकाले उक्त क्षेत्रमा केही दिन भित्रमा नयाँ पाईप लाईन बिस्तार गरेर सामाखुशीचोक, बालुवाटार क्षेत्रमा शुद्ध खानेपानी वितरण गरिने जानकारी उनले दिए ।

काठमाडौँ उपत्यका सहित देशभरीका नागरिकलाई शुद्ध अनि सफा पानी वितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजनाहरु अघि सारेको उनले सुनाए ।

देशका अधिकांश ठाउँमा अहिलेपनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिक माझ स्वच्छ, सफा खानेपानी पु¥याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले जानकारी दिए।

Related posts

बबरमहलमा फुटेको खानेपानीको पाइप मन्त्री यादवकाे निर्देशनमा मर्मत गरियाे

MadhesKhabar

बाराकाे काेल्हबीमा मृत भेटियाे जंगली हात्ती

MadhesKhabar

प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, मतपत्र ढुवानी सुरु

MadhesKhabar

Leave a Comment