Madhes Khabar
समाचार हेडलाइन

प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, मतपत्र ढुवानी सुरु

वीरगन्ज २,फागुन: प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ फागुन २१ का लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ।

मतदानका लागि आवश्यक मतपत्र ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रमा छपाइ सकिएको छ भने काठमाडौं उपत्यका वरिपरिका १४ जिल्लामा मात्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार बाँकी काम आउँदो तीन दिनभित्र सकिने अनुमान छ। छापिएका मतपत्र प्याकिङ भइसकेका छन् र ढुवानीका लागि तयारी भइरहेको छ।

१७,१६३,००० भन्दा बढी प्रत्यक्ष मतपत्र छापिएको छ। प्रतिदिन करिब ११–१५ लाख मतपत्र छापिँदैछन् र एक हजार भन्दा बढी बाकस प्याक भइरहेको छ। पहिलो चरणमा नमूना मतपत्र छापेर जिल्ला पठाइसकिएको छ र दोस्रो चरणमा ठूलो संख्यामा मतपत्र छापिएको जनाइएको हो।

केन्द्रीय निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा छापिएका मतपत्रहरूको ढुवानी सुरु गरेको छ।

Related posts

वीरगन्ज नाकाबाट ६ लाख रुपैयाँसहित एक महिला पक्राउ 

MadhesKhabar

एक महिनामा वीरगन्ज नका हुँदै भित्रियो १५ हजार टन डीएपी मल

MadhesKhabar

वीरगन्ज महानगरले अधिनमा ल्यायो अतिक्रमित ५ विघा जग्गा

MadhesKhabar

Leave a Comment