Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्ज जेलका मुस्लिम कैदीबन्दीलाई इफ्तारी गर्न मेयर सिंहले दिए खाद्य सामग्री

वीरगन्ज,१५चैतः वीरगन्ज कारागारमा रहेका मुस्लिम समुदायका २ सय भन्दा बढी कैदीबन्दीलाई रमजानकोलागि इफ्तारी गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खाद्य सामग्री सहयोग स्वरुप प्रदान गरेका छन् ।

अहिले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्ब रमजान चलिरहेका बेला दिनभर निर्जल र निराहार उपवास अर्थात रोजा बसेर साँझ सूर्य अस्त हुनु अगाडि उनिहरुले खानेकुरा खाएर इफ्तारी गर्ने गर्दछन् ।

यसैलाई मध्यनजर गरेर वीरगन्जका मेयर सिंहले हरेक बर्ष झैं यसपालिको रमजानमा पनि वीरगन्ज कारागारमा रहेका करिब २ सय ३५ जना मुस्लिम कैदीबन्दीलाई इफ्तारी गर्न पुग्ने खाद्य सामग्री आफनो व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।बिहीबार दिउँसो मेयर सिंहले आफना प्रतिनिधीहरु कारागाारमा पठाएर इफतारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, तथा अन्य खाद्य सामग्री उपलब्ध गराएका हुन् ।

मेयर सिंहले मुस्लिम कैदीबन्दीहरुका लागि पठाएको ती सामग्री कारागार प्रशासनका फिरोज अन्सारीलाई हस्तान्तरण गरिएको मेयर सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिए । कारागारमा कैदी जीवन विताई रहेका मुस्लिम कैदीबन्दीलाई इफ्तारी गर्न खाद्य सामग्री अभाव नहोस भनेर ती सामग्री सहयोग गरेको मेयर सिं.हले बताए ।

खाद्य सामग्री हस्तान्तरण गर्न मेयर सिंहका प्रतिनिधीहरु रुपेशमान सिंह, जयप्रकाश कुशवाहा, खैरुद्दिन हवारी, भुषाल चौरसिया, अरसे आजम लगायतकोपनि सहभागिता रहेको थियो ।

 

Related posts

विद्यार्थीलाई आत्मनिर्भर बनाउन वीरगन्जमा रात्री साँस्कृतिक तथा खाना मेला

MadhesKhabar

आपसी भाइचारा बढाउन वीरगन्ज महानगरकाे आयाेजनामा संयुक्त इफ्तारी सम्पन्न

MadhesKhabar

वीरगन्जमा ठूलाे परिमाणमा चरेससहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment