Madhes Khabar
समाचार

कारमा अफिम तस्करी गर्ने पर्साका ३ जना बारामा पक्राउ

बारा,२४ पुस:बारामा प्रहरीले लागू ओैषध अफिमसहित ३ जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेहरुमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय निलेश पटेल कुर्मी,वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय जौवाद अहमदर पर्साकै बिन्दावासनी गाँउपालिका वडा नम्बर २ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।

 

बिहीबार अपरान्ह इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टाेलीले बाराकाे प्रसौनी गाँउपालिका-१ नकटुवास्थित पतञ्जली बाट नकटुवा तर्फ जादै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको कारलाई रोकी चेक जाँच गरेको थियाे।

 

त्यसक्रममा उक्त कारकाे पछाडिको सिट माथी राखिएको कालो प्लष्टिकमा लागू औषध अफिम २ किलो २४ ग्राम भेटिएपछि कारमा रहेका चालकसहित तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related posts

वीरगन्जको वडाहरुमा काँग्रेसको लगातार जित,वडा नम्बर २८ मा महत्तो निर्वाचित

MadhesKhabar

वीरगन्ज-कलैया सडकखण्डमा सिटीराइड बसकाे ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते

MadhesKhabar

बारामा ठूलो परिमाणमा सालको काठसहित एक तस्कर पक्राउ

MadhesKhabar

Leave a Comment