Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जबाट केपी ओलीको गर्जन : कांग्रेस सहमतिमा नआएपनि नीति,कार्यक्रम र बजेट पास हुन्छ

वीरगन्ज,०४जेष्ठःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले नमानेपनि सरकारले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्ने बताएका छन् ।

वीरगन्जमा शुक्रबार आयोजित नेकपा एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने,‘ यदि सहमतिमा आएर कांग्रेस मान्छ भने मान्छ । यदि मान्दैन भने हामीले नीति तथा कार्यक्रम जसरी हुन्छ पारित गरेर बजेट संसदमा पेश गरेरै छाड्छौं।’

सरकारबाट बाहिरिनु परेको पिडाको कुण्ठामा कांग्रेस आँफै रुमल्लिएको र देशलाईपनि अल्झायाएर राखेको आरोप ओलीले लगाए ।

उनले गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेलई एमालेले बोकी रहनुपर्ने कुनै आवश्यक नभएको भन्दै ओलीले एमाले भ्रष्टचारीहरुको आखडा नभएको बताए । एमालेले आँफुलेपनि भ्रष्टचार नगर्ने र अरुलाईपनि भ्रष्टचार गर्न नदिने पार्टी भएको ओलीको भनाई थियो ।

ओलीले भने,‘सरकारबाट बाहिरिनु पर्र्दा कांग्रेसले खिसियाइ बिल्ली खम्बा नोचे भने झै संसदमा वितण्डा मच्चाइरहेको छ । खाँबो चिथोर्ने कुरा बिरालोलाई सुहाउँछ , कांग्रेसलाई सुहाउँदैन । कांग्रेसलाई मरो यहि आग्रह छ ।

बुधबार संसद बैठकमा कांग्रेसका सांसदहरु आँफु बसेकै ठाँउमा हुल बाँधी आएर हातपातै गर्ने जस्तो गर्न थालेपछि आँफुले त्यसो नगर्न आग्रह गर्दा अझ उग्रता प्रदर्शन गरेको उनले बताए । त्यसपछि कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेर केपी ओलीले वातावरण बिगारेको भनेर झुठ र बेयमनी कुरा गरेको उनले आरोप लगाए ।

उनले एमाले पार्टीमा अब गुटबन्दी नचल्नेपनि बताए । ओलीले भने,‘ एमाले मिसन ८४ को नारा लिएर अगाडि बढेको छ । त्यसका कारण विपक्षीसंग लड्ने बेलामा यदि पार्टीभत्र कसैले गुटबन्दी गर्यो भने सोझै कारबाही हुन्छ ।

मिसन ८४ को नारालाई निर्णायक तहमा पुरयाउने संकल्प लिएर एकजुटताका साथ अगाडि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिदै ओलीले पर्साका चार वटै संसदीय निर्वाचन क्षेत्र, आठ वटै प्रदेश सभा निर्वाचन क्षेत्र र १४ वटै पालिकामा एमालेले २०८४ को निर्वाचन जित्नुपर्ने बताए ।

Related posts

समयमा बजेट नल्याएका पर्साका चार पालिकाले पाउने अनुदान रकममा कटौती हुने

MadhesKhabar

पर्सा–बाराको गण्डक नहरमा भारतले फेरि दिन थाल्यो पानी

MadhesKhabar

नेपालमा गाई–गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट

MadhesKhabar

Leave a Comment