Madhes Khabar
लुम्बिनी प्रदेश

कपिलवस्तुको महाराजगञ्जमा दुई फरक धर्मका समुदायबीच झडपभएपछि लगाइयाे निषेधाज्ञा

काठमाडौं,७चैत:कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई फरक धर्मका समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

शनिबार बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर दुई फरक धर्मका समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको छ ।

आज राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।

झडपका क्रममा ढुंगा प्रहार भएको र ५ जना सामान्य घाइते भएका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । निषेधाज्ञापछि स्थिति नियन्त्रणमा आइसकेको घिमिरेले बताए ।साभार:अनलाइनखबर

Related posts

भारतबाट ल्याइएको १० लाखको पटका बरामद

MadhesKhabar

पडरी गाँउमा भीषण आगलागी,१० घर जलेर नष्ट

MadhesKhabar

कपिलवस्तुमा प्रहरीले हानेकाे गाेली लागेर एक युवककाे मृत्यु

MadhesKhabar

Leave a Comment