Madhes Khabar
लुम्बिनी प्रदेश

पडरी गाँउमा भीषण आगलागी,१० घर जलेर नष्ट

परासी,७बैशाख:पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ पडरी गाउँमा शुक्रबार आगलागी हुँदा १० वटा घर जलेर नष्ट भएको छ ।

आगलागीमा ८ वटा बाख्रा जलेर मरेको र १० वटा कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । एक्कासी सल्किएको आगोले स्थानीय चन्द्रिका धोबी,राजेश धोबी, बुलाकी धोबी, भिकारी धोबी,चन्ना धोबी, कयश मोहमद अन्सारी, मुरिदिन अन्सारी, ईझार अन्सारी, नुरहोदा पठान र इदरिस पठानको घर जलेको हो ।

आगलागीको कारण लत्ताकपडा र अन्न पनि नष्ट भएको छ । आगलागीको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।साभार:ईकान्तिपुरबाट

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment