Madhes Khabar
लुम्बिनी प्रदेश

जयनगरमा खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा दाजु–बहिनीको मृत्यु

फाइल तस्बिर ।

बुटवल,१२ जेठ :खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ ।

ग्याँस लिक भएर आगो लाग्दा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो । त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको र सोनमको भैरहवामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिकित्सकहरुका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा सिलिण्डरको रेगुलेटर जोड्ने क्रममा लिक भएको अनुमान गरेको छ।साभारः अनलाइनखबर

Related posts

बागलुङमा बस दुर्घटना हुदाँ ७ जनाकाे घटनास्थलमै मृत्यु

MadhesKhabar

गृहमन्त्री खाँण हार्ने निश्चित

MadhesKhabar

भारतबाट ल्याइएको १० लाखको पटका बरामद

MadhesKhabar

Leave a Comment