Madhes Khabar
लुम्बिनी प्रदेश

जयनगरमा खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा दाजु–बहिनीको मृत्यु

फाइल तस्बिर ।

बुटवल,१२ जेठ :खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ ।

ग्याँस लिक भएर आगो लाग्दा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो । त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको र सोनमको भैरहवामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिकित्सकहरुका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा सिलिण्डरको रेगुलेटर जोड्ने क्रममा लिक भएको अनुमान गरेको छ।साभारः अनलाइनखबर

Related posts

दुर्गा भवानीको मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर दुई युवकको मृत्यु, एक जना बेपत्ता

MadhesKhabar

लज्जास्पद हार भन्दै लोसपाका नेताले दिए राजिनामा

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment