
वीरगन्ज,०८ जेठ ःस्थानीय तह निर्वाचनमा जिल्लाबाट लज्जास्पद हार व्यहोर्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका सचिव रामाज्ञा पाण्डेले राजीनामा दिएका छन्।

जिल्ला अध्यक्षलाई सम्बोधन गरी केन्द्र र प्रदेश समितिलाई वोधार्थ दिई बुझाईएको पत्रमा जिल्लामा पार्टीका उमेदवारले हार्नुलाई सर्वनाक हार भएको संज्ञा दिदै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्।

