Madhes Khabar
लुम्बिनी प्रदेश

भारतबाट ल्याइएको १० लाखको पटका बरामद

नवलपरासी,२३असोजः नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारबाट मंगलबार दिउँसो ठूलो परिणामको पटका बरामद भएको छ। पिकअप गाडीमा लोड गरेर भूमहीतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वार्टर नवलपरासीको गस्ती टोलीले उक्त पटका बरामद गरेको हो।

बरामद भएको पटकाको बजार मूल्य ९ लाख ५० हजार रुपैयाँ भन्दा बढी रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदले जानकारी दिए। भारतको ठूठीबारीबाट महेशपुर नाका हुँदै उक्त पटका ल्याइएको हो।

बरामद भएको पटका एक पिसलाई ३० देखि ५/६ सय रुपैयाँ मूल्य पर्नेसमेत रहेको सशस्त्र प्रहरीले जनाएको छ। तीव्र गतिमा गाडी कुदेको देखेपछि शंका लागेर चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०३–००१ च ११३८ नम्बर को पिकअपबाट पटका बरामद भएको साउदले बताए ।

बरामद भएको पटकलाई खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पटकासँगै पक्राउ परेको सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ। चाडपर्व नजिकिएसँगै सीमावर्ती नाकाबाट विष्फोटक जन्य पटकाहरू नवलपरासीतर्फ भित्रिने गरेका छन्।

पटकासँगै पक्राउ परेका चालकलाई लिएर शंकास्पद गोदाम हेर्न पुगेका सशस्त्र प्रहरी र स्थानीयबीच विवाद उत्पन्न भएको थियो। विवादका क्रममा सशस्त्र प्रहरीको गाडीमा रहेका पिकअप भ्यानका चालक पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरका सुनील गुप्तालाई स्थानीयको भीडले भगाएको सशस्त्र प्रहरीले जनाएको छ। साभारः अन्नपूर्णपोष्टबाट

Related posts

मधेसमा सिके राउतकाे दाेश्राे जित

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment