कपिलवस्तु,२३चैत : कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकाे वरगदा घटनामा प्रहरीले हानेको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । महाराजगन्ज नगरपालिकाकाे भुटहनियाका -२२ वर्षीय जितेन्द्र यादवको उपचारका क्रममा साेमबार बिहान मृत्यु भएको हो।
सुरक्षाकर्मीको गोली पेटमा लागि घाइते भएका उनको चितवन मेडकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा साेमबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गत चैत्र ७ गते महाराजगन्जको वरगदा गाउँमा भएको हिन्दु-मुस्लिम झडपपछि भड्केको भीड नियन्त्रणका क्रममा स्थानीय हिन्दु युवा र सुरक्षाकर्मीबिच झडप भएको थियो ।त्यही क्रममा सुरक्षाकर्मीको गोली लागि यादव घाइते भएका थिए ।साभार:अन्नपूर्णपाेष्ट

