Madhes Khabar
समाज हेडलाइन

चुनाव जितेपछि पर्सा–२ का नवनिर्वाचित सांसद सुशील कानुको पहिलो कार्यक्रम मानव सेवा आश्रममा

वीरगन्ज,२८फागुनःपर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुशील कुमार कानुले वीरगन्जस्थित मानव सेवा आश्रममा पुगेर आश्रम र त्यहाँरहेका आश्रीतहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बिहीबार बिहान पर्सा–४ का नवनिर्वाचित सांसद टेकबहादुर शाक्यसंगै मानव सेवा आश्रममा पुगेर कानुले आश्रममा आश्रीत ६० भन्दा बढी लक्ष्मीनारायणहरुको बिहानको भोजनमा पनि सरिक भए ।

त्यसअघि नवनिनर्वाचित सांसद कानुले आश्रमका संस्थापक अभिभावक , संरक्षक, प्रमुखसंगै त्यहाँ आश्रय लिएर बसेकाहरुलाई भेटेर आश्रमको अवस्था, सञ्चालनमा आइपरेका समस्या लगायतका बारेमा जानकारीपनि लिए । त्यसक्रममा कानुले संघीय सरकार वा स्थानीय सरकारबाट गर्नुपर्ने आवश्यक सहयोगका विषयमा आँफु सधैं सकारात्मक रहेको बताए । उनले भने,‘हिजो वडा अध्यक्षरहँदा पनि समाजका लागि धेरै काम गरेको थिएँ, अहिले सांसद भएपछि अझ ठूलो जिम्मेवारी थपिएको छ । मानव सेवा आश्रमका लागि जे–जे गर्नुपर्ने हुन्छ, त्यसमा म सधैं साथ र सहयोग गर्न तयार छु ।’

मानव सेवा आश्रमले मानवताको उच्च आदर्श बोकेर समाजका असहाय, बेवारिसे तथा सहाराविहीन नागरिकहरूको संरक्षण गर्दै आएको कार्य अत्यन्तै प्रशंसनीय र प्रेरणादायी भएकोे उनले बताए।

पर्सा–४ का नवनिर्वाचित सांसद शाक्यले मानव सेवा आश्रमले मानवताको सेवा गर्दै समाजलाई एकताबद्ध बनाउने काम गरिरहेको उल्लेख गर्दै पहिलो प्राथमिकता नै आश्रमको सहयोग रहेको बताए ।सांसद शाक्यले आश्रमको सेवामूलक कार्यलाई सघाउन आफ्नो तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे।

त्यसअवसरमा रास्वपाका युवा नेता सुधिर पटेल, आश्रमका संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारू लगायतकाको पनि उपस्थिती थियो ।

 

Related posts

महिला सेवाग्राहीको बढी चाप हुने वीरगन्जका दुई सरकारी कार्यालयमा स्तनपान कक्ष सञ्चालन

MadhesKhabar

प्रेस चाैतारी पर्साकाे पहिलाे कार्यकालकाे अध्यक्षमा मिश्र निर्वाचित

MadhesKhabar

वीरगन्ज १० का जनताले अब ब्लड बैंकबाट निशुल्क रगत पाउने

MadhesKhabar

Leave a Comment