Madhes Khabar
स्थानिय हेडलाइन

प्रेस चाैतारी पर्साकाे पहिलाे कार्यकालकाे अध्यक्षमा मिश्र निर्वाचित

वीरगन्ज,२६माघ:प्रेस चाैतारी नेपाल पर्साकाे पहिलाे कार्यकालकाे अध्यक्षमा निरञ्जन मिश्र निर्वाचित भएका छन्।शनिबार भएकाे निर्वाचनकाे अन्तिम मतगणनामा अध्यक्ष पदका दुई उम्मेदवार मिश्र र तुलसी भण्डारी दुवैले समान ४६/४६ मत पाएपछि बराबरी भएको थियाे।

त्यसपछि चाैतारीकाे विधान अनुसार दुवै जनाबीच आधा आधा कार्यकाल बाड्ने सहमति बमाेजिम गाेला प्रथा गरिएको थियाे ।गाेला प्रथाबाट पहिलाे कार्यकालका लागि मिश्रले बाजी मार्न सफल भएका हुन् ।दाेस्राे कार्यकालकाे नेतृत्व भण्डारीले गर्ने छन्।

यस्तै खुल्ला उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली,महिला उपाध्यक्षमा लक्ष्मी खरेल,सचिवमा कृष्ण कुशवाहा,सहसचिवमा पन्नालाल प्रसाद,समावेशी सहसचिवमा मन्सुर खान र काेषाध्यक्षमा सन्ताेष पटेल निर्वाचित भएका छन्।

प्रेर चाैतारी पर्साकाे नयाँ नेतृत्व चयनका लागि शनिबार भएकाे निर्वाचनमा कूल ११० मतमध्ये ९५ मत खसेकाे थियाे।

Related posts

वीरगन्ज नाका हुदैं ६ महिनामा १२ अर्ब रुपैयाँ मूल्यको धान,चामल,मकै लगायतका खाद्यान्न आयात

MadhesKhabar

ठाेरीका युवाहरुकाे फरक शैलीमा दशैं : आश्रममा ५७ हजारको सामग्री र नगद सहयाेग गर्दै खुशी साटासाट

MadhesKhabar

वीरगन्जका आरिफ शेखको फर्म: नेपालले खेलेका ५ ओडीआईमा तेस्रोपटक ‘प्लेयर अफ द म्याच’

MadhesKhabar

Leave a Comment