Madhes Khabar
कृषि हेडलाइन

बढ्याे किसानले बिक्री गर्ने धानकाे मूल्य

फाइल तस्बिर ।

वीरगन्ज,२०असार:सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य प्रति क्विन्टलकाे ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा २१२ रुपैयाँ र मध्यम धानको मूल्य २१८ रुपैयाँले बढेको छ ।

गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल ३ हजार १ सय ५८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार ३ सय ६२ रुपैयाँ तोकेको थियो ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ ताेकेकाे थियो ।

 

अहिले धान रोपाइँ चलिरहेकै बेला तोकिएको धानको न्यूनतम मूल्यले किसानलाई लाभ मिल्ने विश्वास गरिएकाे छ।

Related posts

बाराका विद्यालयहरुमा प्रदेश सांसद साेनलले दिए १२४ थान पंखा र २२२ सेट बेञ्च

MadhesKhabar

१० हजार किशोरीलाई एकैसाथ आत्मारक्षा तालिम दिँदै वीरगन्ज महानगरपालिका, गिनिज बुकमा नाम दर्ज गर्ने तयारी

MadhesKhabar

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना

MadhesKhabar

Leave a Comment