Madhes Khabar
कृषि हेडलाइन

बढ्याे किसानले बिक्री गर्ने धानकाे मूल्य

फाइल तस्बिर ।

वीरगन्ज,२०असार:सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य प्रति क्विन्टलकाे ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा २१२ रुपैयाँ र मध्यम धानको मूल्य २१८ रुपैयाँले बढेको छ ।

गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल ३ हजार १ सय ५८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार ३ सय ६२ रुपैयाँ तोकेको थियो ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ ताेकेकाे थियो ।

 

अहिले धान रोपाइँ चलिरहेकै बेला तोकिएको धानको न्यूनतम मूल्यले किसानलाई लाभ मिल्ने विश्वास गरिएकाे छ।

Related posts

बारामा आमा–छोराको हत्या प्रकरण : मृतक युवकका पत्नि र उनका प्रेमी पक्राउ

MadhesKhabar

वीरगन्जमा डेङ्गी नियन्त्रण अभियान : बाहिरबाट आएका ८२ वटा बसमा गरियो स्प्रे

MadhesKhabar

भोजपुरी प्रतिष्ठान, वीरगंजद्वारा “फगुआ के रंग लोक गीत के संग” कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment