Madhes Khabar
राष्ट्रिय हेडलाइन

बारामा बहुमुल्य धातु युरेनियम सहित तीन जना पक्राउ

सांकेतिक फाेटाे

मधेसखबर
वीरगन्ज ,०९ पुस: बारामा प्रहरीले ठुलाे परिमाणमा बहुमुल्य धातु युरेनियम सहित तीन जनालाई पक्राउ गरेकाे छ।

जिततपुर सिमरा उपमहानगरपालिका ५ जितपुर स्थित आदित्य हाेटलबाट शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले २ किलाे ६०० ग्राम युरेनियम सहित तीन जनालाई पक्राउ गरेकाे हाे । तर बरामद धातु युरेनियम भए नभएकाे बारे अनुसन्धान भइरहेकाे बाराका प्रहरी उपरिओक हाेविन्द्र बाेगटीले बताए।

पक्राउ पर्नेहरुमा जितपुरसिमरा उपमहानगरपालिका ३ का सागर चाैधरी , त्यहि ठाँउका रवि चाैधरी र राैतहटकाे माधवपुर नगरपालिकाका वृज कुमार सहनी रहेका छन् ।

युरेनियमकाे अवैध काराेबारीहरु हाेटलमा रहेकाे सुचनाका आधारमा खटिएकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टाेलीले शनिबार हाेटलकाे काेठाबाट उनिहरुलाई नियन्त्रणमा लिएकाे बाेगटीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय सिमराकाे हिरासतमा राखेर बरामद शंकास्पद धातु युरेनियम भए नभएकाे बारे अनुसन्धान भइरहेकाे प्रउ बाेगटीले बताए ।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।

Related posts

सखुवाप्रसाैनीमा एमाले अध्यक्ष ओलीलाई ५२ किलाेकाे मालाले गरियाे स्वागत

MadhesKhabar

कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुठाे

MadhesKhabar

पर्सामा नयाँ अनुहारहरु चुनावी मैदानमा उतारेको मधेसी दलको साख के यसपालि फर्किन्छ ?

MadhesKhabar

Leave a Comment