Madhes Khabar
राष्ट्रिय

सुस्तामा भारतीय एसएसबी छिरेको विरोध गर्दा पक्राउ परेका जेनजी अभियन्ताहरू सर्वोच्चको आदेशबाट रिहा

काठमाडौं,४असोजः सुस्तामा भारतीय एसएसबीहरु हतियारसहित छिरेको घटनाको विरोधममा गरिएको प्रदर्शनमा पक्राउ गरिएका राष्ट्रिय जेनजी नागरिकका अभियन्ताहरू छुटेका छन् । तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै उनीहरू रिहा भएका हुन् ।सीमा सुरक्षाको विषयमा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकहरूलाई पक्राउ गरी हिरासतमा राख्नु गैरकानूनी भएको सर्वोच्चको ठहर छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अजय सोडारी (पूर्ण बहादुर बुढा) र वीरजंग विकलाई थुनामुक्त गर्न भनेको छ ।

नेपाल–भारत सीमाको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित प्रवेश गरेको विषयमा गत जेठ २९ गते उनीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि फर्किने क्रममा बाटोबाटै पक्राउ गरिएको थियो ।

सर्वोच्चले सीमा सुरक्षाको आवाज उठाउनु नागरिकको कर्तव्य भएको बताएको छ । ‘नेपालको सीमा सुरक्षा हुनुपर्दछ भन्ने विषयमा सचेत नागरिकको आवाज उठाएको कार्यलाई संविधान वा कुनै पनि कानून विपरीतको कार्य मान्न मिल्ने देखिँदैन’, सर्वोच्चले भनेको छ ।
उपभोक्ता हित संरक्षण मञ्चले अदालतको आदेश पूर्ण रूपमा कार्यान्वयन नभएसम्म उपभोक्ता अधिकार संरक्षणका लागि कानुनी तथा जनचेतनामूलक गतिविधि निरन्तर जारी राख्ने चेतावनीसमेत दिएको छ।साभारःनेपालप्रेस

Related posts

६० किलो सुन प्रकरणमा थप ४ चिनियाँ नागरिक पक्राउ

MadhesKhabar

काठमाडौं–मधेस द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

MadhesKhabar

२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?

MadhesKhabar

Leave a Comment