Madhes Khabar
शिक्षा हेडलाइन

सरकारी विद्यालयका शिक्षकले अन्यत्र काम गरे कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

वीरगन्ज,४भदौं :वीरगन्ज महानगरपालिकाले महानगर मातहत रहेका सामुदायिक विद्यालयका शिक्षकले आँफु कार्यरत रहेको विद्यालय बाहेक अन्य विद्यालयमा काम गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विद्यालयमा नियमित रुपमा उपस्थित नहुने गरेको र बाहिरका अन्य विद्यालयमा काम गरेको पाइएको र यसले विद्यालयको पठनपाठनमा असर परेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले एक सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको स्वीकृति नलिई विद्यालय बाहिर काम गरेको तथा आफ्नो विद्यालयको पठन–पाठनमा अनियमित हुने गरेको पाइएको जनाएका छन् ।

उक्त सूचनामा भनिएको छ–आइन्दा त्यस प्रकारको कार्य नगर्न नगराउनु हुन तथा शिक्षा नियमावली, २०५९ को नियम १३३ (ज) र वीरगन्ज महानगरपालिकाको शिक्षा नियमावली, २०७४ को नियम १०४ (ज) बमोजिमको शिक्षकले पालना गर्नुपर्ने आचार संहिता अनिवार्य रुपमा पालना गर्नु गराउनु हुन अनुरोध छ ।’

शिक्षा नियमावली, २०५९ को नियम १३३ (ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिइ आँफु वहाल रहेकोे विद्यालय बाहिर काम गर्न नहुने उल्लेख गरिएको छ ।

शिक्षा महाशाखा प्रमुख लामिछानेलले सामुदायिक विद्यालयका शिक्षकले आँफु कार्यरत रहेको विद्यालय बाहेक अन्य विद्यालयमा काम गरेको पाइएमा प्रचलित नियमानुसार कार्वाही प्रक्रिया अगाडी बढाइने चेतावनी पनि उक्त सूचनामार्फत दिएका छन् ।

Related posts

पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र

MadhesKhabar

पर्सामा मतदान केन्द्रको तैयारी अन्तिम चरणमा

MadhesKhabar

भारतकाे कीट युनिभर्सिटीमा फेरि अर्काे नेपाली छात्रा मृत भेटिइन् : मृतक वीरगन्जकी प्रिशा साह

MadhesKhabar

Leave a Comment