Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकै एक वडामा लाग्यो यस्तो नियम : विवाह गर्नका लागि वडा कार्यालयबाट अब लिनुपर्छ अनुमति

प्रमोद यादव
पर्सा,१३साउनः
पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ मा अब कसैलेपनि विवाह गर्नु परे वडा कार्यालयबाट अनुमित लिनुपर्ने भएको छ ।

मंगलबार वडाध्यक्ष बिपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले वडा कार्यालयबाट अनुमति बेगर कसैलेपनि विवाह गरेमा कारबाही गर्ने निर्णयपनि गरेको छ। वडालाई बालविवाह मुक्त बनाउनका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष मुखियाले बताए ।

उनका अनुसार,मंगलबार बसेको बैठकले वडा नम्बर ५ मा कसैलेपनि विवाह गर्नुपूर्व वडा कार्यालयबाट अनिर्वाय रुपमा स्वीकृति लिनु पर्ने निर्णय गरेको हो ।यस्तै विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने, वडा कार्यालयको स्वीकृति बेगर तथा २० वर्ष उमेर नपुगी विवाह गरेमा वडा कार्यालयबाट नियमानुसार कारबाही गर्ने निर्णयपनि गरिएको वडाध्यक्ष मुखियाले बताए ।

यस्तै बैठकले बालविवाहप्रथा निर्मूल गर्नका लागि वडाको घरघरमा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णपनि गरिएको वडाध्यक्ष मुखियाले जानकारी दिए ।बैठकले गरेको निर्णयमा वडाध्यक्ष मुखियासंगै वडा सदस्यहरु मदन मिश्र,पारस साह कानु,रजमतिया देवी दुसाद र नूरबानो मियाइनले हस्ताक्षर गरेका छन् ।

 

Related posts

वीरगन्जको सानाे पाइला सहकारीका सञ्चालक र कर्मचारीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकर्मी झाले पाउने

MadhesKhabar

न्याय माग्दै माईस्थानका स्थानीय अदालतमा

MadhesKhabar

Leave a Comment