Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकै एक वडामा लाग्यो यस्तो नियम : विवाह गर्नका लागि वडा कार्यालयबाट अब लिनुपर्छ अनुमति

प्रमोद यादव
पर्सा,१३साउनः
पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ मा अब कसैलेपनि विवाह गर्नु परे वडा कार्यालयबाट अनुमित लिनुपर्ने भएको छ ।

मंगलबार वडाध्यक्ष बिपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले वडा कार्यालयबाट अनुमति बेगर कसैलेपनि विवाह गरेमा कारबाही गर्ने निर्णयपनि गरेको छ। वडालाई बालविवाह मुक्त बनाउनका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष मुखियाले बताए ।

उनका अनुसार,मंगलबार बसेको बैठकले वडा नम्बर ५ मा कसैलेपनि विवाह गर्नुपूर्व वडा कार्यालयबाट अनिर्वाय रुपमा स्वीकृति लिनु पर्ने निर्णय गरेको हो ।यस्तै विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने, वडा कार्यालयको स्वीकृति बेगर तथा २० वर्ष उमेर नपुगी विवाह गरेमा वडा कार्यालयबाट नियमानुसार कारबाही गर्ने निर्णयपनि गरिएको वडाध्यक्ष मुखियाले बताए ।

यस्तै बैठकले बालविवाहप्रथा निर्मूल गर्नका लागि वडाको घरघरमा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णपनि गरिएको वडाध्यक्ष मुखियाले जानकारी दिए ।बैठकले गरेको निर्णयमा वडाध्यक्ष मुखियासंगै वडा सदस्यहरु मदन मिश्र,पारस साह कानु,रजमतिया देवी दुसाद र नूरबानो मियाइनले हस्ताक्षर गरेका छन् ।

 

Related posts

पर्सामा ठूलो परिमाणमा चरेस र गाँजा सहित चार जना पक्राउ

MadhesKhabar

पर्साका दलितबस्तीमा सञ्चालित निःशुल्क ट्यसुन कक्षाका बालबालिकालाई विभिन्न सामग्री सहयोग

MadhesKhabar

कलैयाको श्री ३ चन्द्र माविको नवगठित व्यवस्थापन समिति विरुद्ध अदालतको अन्तरिम आदेश

MadhesKhabar

Leave a Comment